गायक प्रकाश सपुतले पिर गीतको भिडियोबाट यौनकर्मीको दृश्य हटाए

|

काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो पिर गीतको भिडियोबाट यौनकर्मीको दृश्य हटाएका छन् । अघिल्लो हप्ता सार्वजनिक उनको गीत निकै रुचाइएको थियो ।

गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो । उक्त दृश्यप्रति केही माओवादी केन्द्रका नेता कार्यकर्ताले आलोचना गरेका थिए ।

गीत आलोचित भएपछि शनिबार गायक सपुतले उक्त गीतको अर्को भिडियो अपलोड गरेका छन् । जसमा पुरानो भिडियोमा रहेको यौन व्यवसाय झल्किने दृश्य हटाइएको छ ।

२०७८ चैत्र ५, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।