सोफिया थापाको ‘छाउपडी’ नामक गीत सार्वजनिक

|

काठमाडौं / गायिका सोफिया थापाको ‘छाउपडी’ नामक सन्देशमुलक गीत सार्वजनिक भएको छ । शुक्रबार कर्णाली उत्सवको उद्घाटन समारोहमा सो गीत सार्वजनिक गरिएको हो ।

रमेश दाहालको शब्द रहेको छाउपडी गीतमा स्वर र संगीत सोफिया थापाकै रहेको छ । गीतमा विशाल पौडेलको एरेन्ज, प्रदीप जोशीको मिक्सिङ, सन्तोष दवाडीको भिडियो सम्पादन र आर्य घर्तिको ग्राफिक्स रहेको छ ।

कल्पवृक्ष रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको छाउपडी गीत सोफिया थापाकै आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

 

२०७८ फाल्गुन २७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।