भेरी सहकारीको २६औं वार्षिक साधारण सभा सम्पन्न

|

बाँके /  नेपालगन्जमा रहेको भेरी सहकारी वित्तीय संस्था लिमिटेडले आफ्नो २६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । भेरीले शनिबार आफ्नै भवनमा निणर्य एकीकरण एवं साधारण सभा समापन गरेको संस्थाका व्यवस्थापक शोभा गुरुङले जानकारी दिइन् । यसअघि संस्थाले पुस ८ गते खजुरामा, पुस १० गते सम्झना चोकमा, पुस १४ गते कोहलपुर र पुस १७ गते नेपालगन्जमा सभा सम्पन्न गरेको थियो । जिल्लाभरी नै कार्यक्षेत्र रहेको भेरीले नेपालगन्ज र कोहलपुरबाट आफ्नो सेवा दिँदै आएको छ । साथै संस्थामा शेयर सदस्य धेरै भएका कारण जिल्ला चार स्थानबाट सभा गरेर शनिबार अन्तिम दिन निर्णय एकीकरण सहित साधारणसभा सम्पन्न गरेको गुरुङले बताइन् ।

सम्पन्न सभामा भेरीका संस्थापक अध्यक्ष अच्युत प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा सो सभा सम्पन्न भएको थियो । उहाँले सहकारीमा लागेका पदाधिकारी र कर्मचारीले निस्वार्थ भावनाले काम गर्नु पर्ने बताउनुभयो । सो सभामा राष्ट्रिय सहकारी बैंकका अमृत कुमार जोशी, निवर्तमान अध्यक्ष बशन्त लामिछाने लगायतले आफनो विचार राखेका थिए ।

भेरीका अध्यक्ष पदमबहादुर भण्डारीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो । संस्थामा गत आर्थिक वर्षमा शेयर पुँजी दुई करोड ३५ लाख ४५ रहेको थियो भने सो बढेर यो आर्थिक बर्षमा दुई करोड ५० लाख ६१ हजार ४०० पुगेको छ । त्यस्तै निक्षेपमा पनि दुई करोड १६ लाख बढीको वृद्धिसँगै कुल २६ करोड पाँच लाख १६ हजार पुगेको छ । संस्थाले यो बर्ष २८ करोड ९९ लाख ९४ हजार ४४४ ऋण लगानी गर्न सफल भएको छ ।

सो कार्यक्रममा संस्थामा उत्कृष्ट कारोवारकर्ता महिला तर्फ नेपालगन्ज–२ का प्रिया जयसवालका संरक्षक अमित कुमार जयसवाल, उत्कृष्ठ कारोवारकर्ता पुरुष तर्फ नेपालगन्ज–३ का गोपी चन्द शाक्य, निक्षेप (बचत) कारोवार तर्फ उत्कृष्ट कारोवारकता नेपालगन्ज–१२ का कृष्णराज पन्त, कृषि कर्जा कारोवार तर्फ उत्कृष्ट कारोवारकर्ता महिला बैजनाथ गाउँपालिका –८ मीनारानी थरुनी, बैजनाथ गाउँपालिका –६ सम्झनाका कृषि कर्जा कारोवार तर्फ उत्कृष्ठ कारोवारकर्ता पुरुष पृथ्वी रावत क्षेत्री, उत्कृष्ट रकम संकलनकर्ता (अभिकर्ता) नेपालगन्ज–४ निशा राईलाई प्रमुख अतिथि अच्यूत प्रसाद प्रसाईले खादा ओढाएर नगद रकम र प्रमाण–पत्र सहित सम्मानित गर्नु भएको थियो ।

 

२०७८ पुष २४, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।