शाखारहित बैंकिङ सेवा जर्गाहामा सुरु

|

सुनवल /  सिटिजेन्स बैकको शाखा रहित सेवा सुनवल नगरपालिका वडा नं.११ जर्गाहास्थित जर्गाहा अनलाईन सर्भिसबाट सुचारु गरिएको छ । सम्पुर्ण बैकिङ कारोबार जर्गाहाबाट नै गरिने भएको छ ।

सिटिजन बैंक, लुम्बिनी प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठले रिबन काटी उद्घाटन गरिएको छ । हाल उक्त शाखा रहित बैंकिङ सेवाबाट बैंक खाता खोल्ने, नगद तथा झिक्ने सुबिधा, खाता विवरण, मोबाइल बैकिङ र पैसा पठाउने र पाउने सेवाहरु उपलब्ध हुने जर्गाहा अनलाईन सर्भिसका संचालक लक्ष्मण आचार्यले बताउनुभयो ।

बैकिङ सेवाको साथसाथै जर्गाहा अनलाइन सर्भिसबाट खानेपानी, बिजुली लगायत अनलाईन पेमेन्ट, अनलाइन फर्म भर्ने, फोटो खिच्ने र निकाल्ने, फोटोकपी तथा प्रीन्ट लगायतका काम गरिने पनि सञ्चालन सदस्य गणेश न्यौपानेले बताउनुभयो ।

२०७८ पुष १०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।