शिक्षाको स्तर उकास्न सक्रिय हुदै युनाईटेड एजुकेशनल एकेडेमी कलेज

|

नेपालगन्ज / बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ मा अवस्थित युनाईटेड एजुकेशनल एकेडेमी कलेज अहिले बाँके जिल्लामा शिक्षाको स्तर उकास्न अघि बढिरहेको छ । सो कलेजले पहिलो ब्याज जम्मा १४ विद्यार्थीहरुबाट कलेज शुरु गरेको अहिले ३ सय बढी विद्यार्थी अध्ययन गरिरेका छन् ।

सो किलेजले शिक्षाको अलावा विविध कार्यक्रम गरि विद्यार्थीको चौतर्फी विकासको लागि अतिरिक्त कार्यक्रम गर्ने गरेको छ । कलेजले कक्षा ११ मा अध्ययन गरेका विद्यार्थीहरुलाई स्वागत तथा १२ कक्षा पास गरेका विद्यार्थीहरुलाई भब्य कार्यक्रमको आयोजना गरि अबिर र खादा ओढाई विदाई गरिएको थियो ।

सो कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । साथै विद्यार्थीहरुले कलेजमा अध्ययनका साथ साथै अन्य ब्यवहारिक शिक्षा पनि प्रदान गर्ने गरेको बताएका थिए । कार्यक्रममा कलेजका प्रिन्सिपल बिकास बर्जाचार्यले सबै विद्यार्थीहरुलाई शुभकामना ब्यक्त गर्नु भएको थियो ।

सो कार्यक्रममा सतानन्द लम्साल, गणेश पाठक र जिवराज भण्डारी र नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङले आ–आफनो मन्तब्य साथै शुभकामना ब्यक्त गर्नु भएको थियो ।

 

२०७८ मंसिर ११, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।