
अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन्। उनले आज बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन्। काठमाडौं थापाथलीस्ठित नर्भिक अस्पतालमा अपरेसनपछि जन्मिएको बच्चाको र ऋचा शर्मा दुबैको स्वास्थ्य सामान्य रहेको समेत नर्भिकका प्रवक्ता सोमनाथ बास्तोलाले बताए।
गत साता डाक्टरले दिएको डेट स्वास्थ्यकै कारण कमेडी च्याम्पियन सिजन २ बाट विश्राम लिएकी थिइन्।
ऋचाले गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन्।
भिसा गर्ल, लुट, टलकजंग भर्सेस टुल्के, उमाजस्ता फिल्मकी अभिनेत्री ऋचा पछिल्लो समय कमेडी च्याम्पियन नामक कमेडी रियालिटी सोमा निर्णायकको भूमिकामा थिइन्।