रेडियो–अडियोका सञ्चालक दीपेन्द्र खनियाँको निधन

|

काठमाण्डौ । पत्रकार तथा रेडियो अडियोका संस्थापक दीपेन्द्र खनियाँको निधन भएको छ ।

बानेश्वरस्थित घरमा आज दिउँसो उहाँ मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिनु भयो।

उहाँका अनुसार खनियाँ घरमा झुण्डिएको अवस्थामा भेटिनु भएको थियो । आफन्तले प्रहरीले खबर गरेपछि घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने काम गरिरहेको छ ।

२०८२ मंसिर ८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।