बादी समुदायको समग्र विकासमा काम गर्ने
नेपालगन्ज । बादी समुदायको समग्र विकासमा काम गर्ने उद्धेश्यले मर्यादाका लागि महिला आवाज नामक संस्थाले बाँके जिल्लामा काम शुरु गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा कार्यालय स्थापना गरी कार्य थालेको संस्थाको आज एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले उद्घाटन गरेका छन् ।
संस्थाको उद्घाटनसँगै आज नै बादि समुदायको अवस्था, समस्या, सम्भावना र सरोकारवालाको भूमिका बारे आगामी कार्यदिशा बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मर्यादाका लागि महिला आवाजका अध्यक्ष बसन्ती नेपालीको अध्यक्षता तथा जिल्ला स्थित सरोकारवालाहरुको उपस्थितीमा उक्त अन्तरक्रिया सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले बादी समुदायको विकासमा कार्य गर्ने उद्धेश्यले काम थालेको संस्थालाई सफलताको शुभकामना दिए । उनले बादी समुदायका लागि कार्य गर्ने विभिन्न कार्यक्रमहरु भएपनि बादि महिलाका लागि लक्षित गरी कार्य गर्ने उद्धेश्य राखेको यस संस्थाले वास्तीक महिलाहरुलाई अगाडी बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे । उनले संस्थालाई आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता गरे ।
कार्यक्रममा बोल्दै अतिथि नेपालगन्ज उपमहानगरपालिका महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पबित्रा पुरीले संस्थाले कार्य प्रारम्भ गरेकोमा बधाई ज्ञापन गर्दै लक्षित बर्ग उत्थानमा सहयोगी हुने विश्वास ब्यक्त गरीन् । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय महिला सेलका चन्द्रीका खनालले बादि समुदायका महिलाहरुका लागि कार्य थालेकोमा खुसी लागेको बताउदै नेपाल प्रहरीले आवश्यकता अनुसार संस्थालाई सहयोग गर्ने प्रतिबद्धता गरिन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासँघ बाँकेका अध्यक्ष तथा कार्यक्रमका अतिथि नबिन गिरीले बादी समुदायका बिषयमा समाजमा बिद्यमान गलत धारणा मेटाउन सफल रहेको भन्दै अबको समय बादी समुदायका महिलाहरुलाई अन्य सरह अगाडी बढाउनुपर्ने समय आएको बताए । उनले शिक्षामा सुधार गर्दै अगाडी उढाउन संस्था सफल हुने विश्वास ब्यक्त गरे । कार्यक्रममा बोल्दै गैसस महासँघ बाँकेका सहसचिब परिना चौधरीले आफ्नो लागि आफै गरौं भन्ने उद्धेश्यले अगाडी बढेको संस्थाले परिणाम ल्याउने विश्वास ब्यक्त गरिन । उनले गैसस महासँघले संस्थालाई आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता गरिन् । अन्तरक्रियाको खुल्ला सत्रमा फातिमा फाउण्डेसनका सुवेदा फरविन, फेडोका दिलिसा गौतम, गैसस महासँघका गणेस भट्राई, तारा खत्री, बास नेपालका शोभा थापा मगर, पत्रकार रुपा गहतराज, सोम गुरुंग, नारी विकास केन्द्रका रचना श्रेष्ठ लगायतले बोलेका थिए ।
बास नेपालका निर्देशक हेमराज भट्टले सहजिकरण गरेको अन्तरक्रियामा मर्यादाका लागि महिला आवाजको स्थापना, उद्धेश्य र योजनाका बारेमा जानकारी गराउदै धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन संस्थाका अध्यक्ष बसन्ती नेपालीले गरेका थिए । अन्तरक्रियामा ३३ जना सरोकारवालाहरुको सहभागिता रहेको थियो ।






