अन्तराष्ट्रिय युवा दिवसको अवसरमा अन्तरपुस्ता संवाद

|

काठमाडौं / नेपाल युनाइट्सले ३० भन्दा बढी युवा–नेतृत्वमा सञ्चालित संस्थाहरूसँग सहकार्य गर्दै कोटेश्वर, काठमाडौंमा “सामाजिक रूपान्तरणका लागि सामूहिक आवाज” भन्ने विषयमा अन्तरपुस्ता संवाद सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न पृष्ठभूमिका ३० जना सहभागीहरू, जसमा युवा र विभिन्न संस्थाका प्रतिनिधिहरू समावेश थिए, एकै थलोमा भेला भई आपसी विचार–विनिमय र सहकार्यको वातावरण सिर्जना गरेका थिए ।

कार्यक्रमको सुरुवातमा नेपाल युनाइट्सका राष्ट्रिय निर्देशक मोहम्मद आयतुल्ला रहमानले अन्तरपुस्ता संवादको दृष्टि र उद्देश्यबारे जानकारी दिँदै पुस्ताबीचको दूरी कम गर्दै सामाजिक रूपान्तरणका लागि सामूहिक प्रयासलाई सुदृढ बनाउने महत्व स्पष्ट पारे । साथै, उनले “लिभिङ जेनरेशन“ को अवधारणा प्रस्तुत गर्दै सामाजिक चुनौतीहरू समाधान गर्न पुस्ताबीचको सहकार्य अनिवार्य भएको बताए ।

नेपाल युनाइट्सका प्रतिनिधि जीवन भण्डारीले सहभागीहरूलाई स्वागत मन्तव्यबाट स्वागत गरेका हुन् । त्यसपछि युथ इनिसियटिभका महासचिव योगेश काफ्लेले फिसबोल  पद्धति मार्फत संवाद कसरी अघि बढाइने भन्नेबारे जानकारी दिए । यस अन्तक्र्रिया–आधारित विधिले सबै पुस्ताका आवाजहरूलाई समान रूपमा सुन्न र छलफलमा सहभागी गराउने अवसर प्रदान ग¥यो ।

संवादका क्रममा सहभागीहरूले आफ्ना समुदायमा भोगिरहेका शिक्षा, बेरोजगारी, लैङ्गिक असमानता, मानसिक स्वास्थ्य, ब्रेन ड्रेन, भ्रष्टाचार तथा समावेशी नीतिको आवश्यकता जस्ता विषयमा विचार साझा गरे । यस छलफलले युवाहरूमाझ जिम्मेवारी लिन र सकारात्मक परिवर्तनका लागि ठोस कदम चाल्न प्रेरणा पाएको एक सहभागी प्रतिभा गिरीले बताए ।

कार्यक्रमको सहजीकरण बरुण बस्यालले गरेका थिए । समापन सत्रमा युवा नेत्री सरिता सापकोटाले मुख्य वक्ताको रूपमा सम्बोधन गर्दै न्यायपूर्ण र समृद्ध राष्ट्र निर्माणका लागि अन्तरपुस्ता सहकार्यको महत्वबारे आफ्ना विचार व्यक्त गरिन् । उनले सबैलाई संवादको ऊर्जा निरन्तर अघि बढाउन प्रेरणादायी सन्देश दिँदै कार्यक्रमको औपचारिक समापन गरिन् ।

२०८२ श्रावण २६, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।