जाजरकोटमा घाँस काट्दै गर्दा भीरबाट लडेर एक किशोरको मृत्यु

|

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१०, ध्यारगाउँमा घाँस काट्न गएका एक किशोरको भीरबाट लडेर ज्यान गएको छ। १७ वर्षीय हरिबहादुर विकको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो।

नलगाड नगरपालिकाका उपप्रमुख देवका लामिछानेका अनुसार विक घाँस काट्ने क्रममा भीरबाट लडेका थिए। “बिहानै घाँस काट्न गएका विक लडेका थिए, घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ,” उनले भनिन्।

उपप्रमुख लामिछानेका अनुसार उक्त स्थानमा पाँच दिनअघि मात्र एक महिलाको पनि भीरबाट लडेर मृत्यु भएको थियो।

उनले थप जानकारी दिँदै भनिन्, “गत दुई साताको अवधिमा नलगाड नगरपालिका क्षेत्रमै रुखबाट खस्दा, भीरबाट लड्दा र नदीमा बगेर गरी कुल १० जनाको ज्यान गइसकेको छ।”

२०८२ श्रावण २२, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।