
स्वदेशी उत्पादनको प्रयोग गर्नु पर्नेमा जोड
खजुरा / तिहार नजिकिएसँगै सयपत्री फूलको महत्व बढ्न थालेको छ । खजुरा गाउँपालिका वडा न.३ निवासी अरुणा गुरुङ्ग पेशाले उनी सिभियल ईन्जिनियर विद्यार्थी हुन् । तर उनीले विगत ३ बर्षदेखि पुष्प खेतीको उत्पादन तथा बजारीकरण गर्दै आएकी छिन् । हाल उनीले खजुरा गाउँपालिका वडा न.२ के गाउँमा २३ कट्ठा जग्गा भाडा लिएर पुष्प खेती गरेको बताईन् । तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने कार्य भईरहेको र विक्रि वितरण भईरहेको बताईन् । पोहोर साल भन्दा अलि फूलको माग कम भए जस्तो लागेको गुरुङ्गले बताईन् ।
अहिले प्रति केजी ५०० को दरले फूल तथा माला प्रति १५० को दरले बिक्रिवितरण भईरहेको उनीले बताईन् । बाँके जिल्लामा मात्रै नभई देश तथा विदेशमा समेत कुरियर मार्फत फूल निर्यात गर्ने उनीको लक्ष्य रहेको छ । बाँकेमा हरेक वर्ष फूल खेती गरिन्छ । बाँके जिल्लामा फूल खेती नेपालगन्जका विन्दु चर्ती मगरले गर्दै आई रहेकी छिन् । खजुरामा पनि माया गुरुङ, धना रावलले पनि पुष्प खेती गरेका छन् । त्यसैगरि डुडुवा गाउँपालिका वडा नं.५ कम्दीका बेल बहादुर बोहराले पनि फूल खेती गरेका छन् । अहिले प्लाष्टिकका फूलको प्रयोग कम हुदै गईरहेको पाईएको छ ।
नेपालीहरुको पर्व तिहारमा सयपत्री, मखमली, गोदावरी फूल, लगायत फूलहरूको प्रयोग हुने गरेको छ । तिहार नजिकिएसँगै बजारमा पठाउन किसानहरूले फूल टिप्न थालेका हुन् । वार्षिक रूपमा फूल उत्पादनमा कमी हुँदै गईरहेको किसानहरूको गुनासो छ र बजारमा भारतीय फूल र प्लास्टिकका फूलको व्यापार बढेपछि नेपालका पुष्प ब्यवसायीहरु मारमा पर्ने गरेका छन् ।