नेपालगन्ज / नेपालगन्ज उप–महानगर पालिका वडा नम्बर १९ कण्ठीपुर बाँके स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको शैक्षिक स्तर उकास्नको लागि साथै मावि कक्षा सन्चालनको लागि श्रीमद भागवत सप्ताह धनधान्याञ्चल ज्ञान महायज्ञ – २०७८ सन्चालन हुदैछ । सो महायज्ञ मंसिर १४ देखि मंसिर २२ गते सम्म विद्यालय प्रागंणमा सन्चालन हुनेछ । श्रीमद भागवत सप्ताह धन धान्याञ्चल ज्ञान महायज्ञ २०७८ मूल समारोह समिति तथा विद्यालय व्यवस्थापन समिति नेपालगंज बाँकेको आयोजनामा भईरहेको विद्यालयका प्र.अ नुरली बेहनाले जानकारी दिनुभयो ।
आजदेखि २२ गते सम्म राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुबाट भजन तथा कथा वाचन गरिदै छ । सो महायज्ञ ९ दिनसम्म नेपाल कै ख्याति प्राप्त आध्यत्मिक प्रखर वक्ता श्रद्वेय गुरु श्री ऋृषिकेश उपाध्यायको मुखारवृन्दबाट सुमधुर शैलीमा भजन तथा कथा वाचन हुने आयोजकले जानकारी दिएको छ । साथै राष्ट्रिय स्तरका कलाकारहरुको साथमा भजन कृतन देवलिला, झाँकी तथा जनचेतना मुलक नाटक समेत गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्सुर खाँले जानकारी दिएका छन् ।

यस अवधिमा कलश यात्रा एवम् समुद्घाटन, मण्डप पूजा, भागवत पाठ परायण, भजन कृतन, प्रवचन, लाखबत्ती जागरण, त्यस पश्चात समापन महास्नान समेत गरिने वडा नंं १९ का अध्यक्ष पर्शुराम बर्माले जानकारी दिनुभयो ।






