नेपालगन्ज / बाँकेमा कोरोना संक्रमित थप एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा बाँके बैजनाथ गाउँपालिका–३ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ
असोज १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि असोज १७ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्यमा सुधार नआउँदा उनको बिहीवार साँझ साढे ७ बजे मृत्यु भएको हो । यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।