स्थानीय सरकारद्धारा बेवास्ता
कोहलपुर / सेनेटरी प्याड निशुल्क हुनु पर्ने भन्दै कोहलपुर नगरपालिकाका युवाहरुले बिरोध जनाएका छन् । कोहलपुरका युवा अभियान्ताहरुले सांकेतिक बिरोध प्रर्दशन कार्यक्रम गरिएको युवा अभियान्ता सृजा बिसीले जानकारी दिईन् ।
कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतलाई जानकारी गराउँदा मेयर कार्य व्यस्तताका कारण बाहिर भएको र उपमेयर सन्जुकुमारी थारु पनि कार्य ब्यस्तताका कारण समय दिन नसकेकोमा युवाहरु आक्रोशित भएका थिए । कोहलपुर नगरपालिकाका कर्मचारीहरुले पनि युवाहरुको ध्यानाकर्षण पत्र नबुझी बेवास्ता गर्दा करिब २ घन्टा सम्म अभियान्ताहरु कोहलपुर नगरपालिकामा प्रतिक्षा गरिरहेको अभियान्ता श्वेता गुरुङ्गले गुनासो गरिन् ।
।
नगरपालिकाका अन्य शाखाका प्रमुख पनि सो विषयलाई सामान्य रुपमा लिएका थिए । जनप्रतिनिधि र कर्मचारीले बेवास्ता गर्दा अभियान्ता आक्रोशित भएका थिए । अभियान्ताहरु आक्रोशित भए पछि कोहलपुर नगरपालिका मुर्दावाद , महिला अधिकार सुनिश्चित गर भन्दै चर्को नाराबाजी गरेका थिए । यसरी अन्तमा कोहलपुर नगरपालिकाका आर्थिक प्रमुख बिर बहादुर विकले धेरै पटक अनुरोध गरेपछि मात्र ज्ञापन पत्र बुझेका थिए । यसरी कोहलपुर नगरपालिकाले महिला,बालबालिकाहरुको सवाललाई बेवास्ता गर्नु लज्जास्पद भएको युवा अभियान्ताहरुको भनाई छ ।