बाल विवाह न्यूनीकरणमा सरोकारवालाहरु सक्रिय भई लाग्नु पर्नेमा जोड

|

बाँके / बाल विवाह न्यूनीकरणमा एकजुट भई अभियानमा सक्रिय भई लाग्नु पर्नेमा जोड दिएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २२ पुरैनीमा स्याक नेपाल र प्लान ईन्टरनेशनल नेपालद्धारा सन्चालित बाल बिवाह रोकथाम परियोजना अन्तर्गत अन्तरपुस्ता संवाद कार्यक्रमका सहभागीले यस्तो कुरा बताएका हुन् ।
सो अन्तर संवादमा मौलाना रसीद मनिहारले अब विवाह गराउँदा जन्म दर्ता हेरेर मात्र विवाह गराउने प्रतिबद्धता गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं.२२ का वडा अध्यक्ष विद्याराम बर्माले बाल विवाह मुक्त घोषणा गर्नको लागि सबै सरोकारवाला निकायले आ-आफनो उतरदायी निभाउनु पर्नेमा जोड दिनुभयो । साथै अहिले वडा नं. २२ को सम्पूर्ण टोलमा बाल विवाह बारे सचेतनामुलक सूचनाहरु जानकारी गराउने कार्य भईरहेको बताउनुभयो ।

सो अन्तर संवाद कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका वडा नं.२२ को वडा अध्यक्ष विद्याराम बर्माकोे अध्यक्षतामा सम्पन्न भएको स्याक नेपालका फिल्ड सुपरभाईजर अकलिम खानले बताए ।

२०७८ भाद्र २१, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।