कर्तव्य ज्यानमुद्धाका फरार अभियुक्त पक्राउ

|

अर्घाखाँची । कर्तव्य ज्यानमुद्धाका फरार अभियुक्त पक्राउ  परेका छन । जिल्लाको पाणिनि गाउँपालिका ३ स्थायी ठेगाना भएका वर्ष ३६ को  मनोज दर्लामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जाकारी दिएको छ । दर्लामी सवारी ज्यान कसुर मुद्धामा जिल्ला अदालत अर्घाखाँचीबाट २०७७ फागुन १८ गतेको फैसला अनुसार ११ महिना ६ दिन कैद तोकिएकोमा फरार रहेका  थिए ।
फैसला पश्चात भागी फरार रहेका मनोज दर्लामीलाई   विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले  २०७८ भाद्र १७ गते निजकै घरबाट पक्राउ गरी कारागार चलान गरिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी गणेष खनालले जानकारी दिनुभयो ।

२०७८ भाद्र १९, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।