
दाङ । रोल्पाको रुन्टीगढी गाउँपालिका–९ घर भइ घोराही उपमहानगरपालिका १३ बडहरा बस्ने २५ वर्षीय इन्द्रकमल बुढामगरलाई अटोमेटिक पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बुढामगरले हातहतियार बोकी सर्वसाधारणहरूलाई त्रसित पार्ने गरेको र उक्त हतियार आफ्नै घरमा लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा शुक्रबार पक्राउ गरेको जनाएको छ ।
२०७० बैशाख २५ गते बुढामगरले साने घर्तीलाई ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
उक्त घटनामा ज्यान मार्ने उद्योग कसुरमा २ वर्ष ६ महिना कैद सजाय तोकिएको थियो । उनले उक्त कैद सजाय भुक्तान गरिसकेको समेत प्रहरीले जानकारी दिएको छ ।