नरैनापुरको वडा नं.६ लाई बाल विवाहमुक्त वडा घोषणा गरिदै

|

नरैनापुर / बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नं.६ ले आफनो वडालाई बाल विवाह मुक्त वडा घोषणा गर्ने अन्तिम तयारीमा जुटेको छ । नरैनापुरको वडा नंं ६ मा गठन भएको किशोरी क्लबका किशोरी घरदैलो अभियानमा सक्रिय भई लागि रहेका छन् ।

यही भाद्र २६ गते आफनो वडा नं. ६ लाई बाल विवाह मुक्त वडा बनाउन किशोरीहरु सक्रिय भएका छन् । प्लान इन्टरनेशलन नेपालको सहयोग र स्याक नेपाल बाँकेको आयोजनामा बाल विवाह रोकथाम परियोजना सन्चालनमा रहेको छ । नरैनापुर गाउँपालिकाका किशोरीहरुले बाल विवाह बिरुद्धको अभियानमा सक्रिय भएर लागेका छन् । सो अभियानमा स्थानीय सरकार, प्रहरी, शिक्षक र स्थानीय नागरिकहरुले पनि सहयोग गरेका छन् ।

अभिभावक र किशोरी क्लबका पदाधिकारीहरु सबै मिलेर नरैनापुर गाउँपालिकाको वडा नं. ६ को कोहला, जमुनी, भोजपुर टोलमा घरदैलो गरि स्टीकर टाँसेको स्याक नेपालका फिल्ड सुपरभाईजर त्रिभुवन प्रसाद यादवले जानकारी दिए । घरदैलो अभियानमा वडा नं.६का वडा सचिव जिवनलाल यादव, प्रहरी र किशोरी क्लबका सदस्यहरुको सहभागिता रहेको थियो । घरदैलो गर्ने समयमा स्थानीयहरुको प्रतिबद्धता समेत जनाएको र बाल विवाह बारे जानकारी प्राप्त गरेको किशोरी क्लबका अध्यक्ष अन्जली बोहराले बताईन् ।

 

२०७८ भाद्र १८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।