राप्ती नदीमा नुहाउने क्रममा कमलेश चमारको डुबेर मृत्यु

|

बाँके ।  बाँकेको डुडुवा गाउँपालिका–५ बालापुरका १५ वर्षका कमलेश चमारको राप्ती नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।

मृतकका दाजु जगतराम चमारका अनुसार सोमबार अपरान्ह ४ बजेतिर राप्ती नदीमा नुहाउने कर्ममा डुबेर मृत्यु भएको हो । उनको शव मंगलबार बिहान ८ बजेतिर राप्तीसोनरी गाउँपालिका– ७ को सतिघतमा भेटिएको थियो । उनले मंगलबार नै भेरी अस्पताल नेपालगञ्जमा पोस्टमार्टम गरिएको छ ।

२०७८ श्रावण २६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।