राप्रपा बाँकेका नेता तेजविक्रम शाह गर्दैछन् ‘महाकाली–मेची’ साइकल यात्रा

|

नेपालगन्ज /  राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) बाँकेका नेता तेजविक्रम शाह ‘महाकाली–मेची’ साइकल यात्रामा निस्किएकाछन् । कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली प्रकट गर्न र कोरोना भाइरस संक्रमणबारे राष्ट्रिय स्तरमा सचेतना अभिबृद्धि गर्न उनी ‘महाकाली–मेची शान्ति’ यात्रामा निस्किएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १२ निवासी ५६ वर्षिय शाहले यही साउन १८ गतेदेखि साइकल यात्रा गर्दैछन् । यो अवधिमा पश्चिम महाकालीदेखि पूर्व मेचीसम्मको कुल १,१७८ किलोमिटरको दुरी साइकलमा पुरा गर्दैछन् । तर, विक्रम सम्वत २०१९ सालमा निर्माण शुरु गरिएको महेन्द्र राजमार्गको कुल लम्बाई १,०२८ किलोमिटर रहेको छ । सुरक्षित यात्राकालागि केही रुटहरु परिर्वतन गरिएकोले दूरी बढ्न गएको हो ।

११ दिनको साइकल यात्रामा उनले पश्चिम महाकालीबाट महेन्द्र राजमार्ग हुँदै पूर्वी मेचीसम्म २१ वटा जिल्ला जिल्ला पार गर्नेछन् । सो क्रममा साइकल यात्री शाहले विभिन्न जिल्लामा रहेका सञ्चारकर्मीसंग साक्षत्कार गरि कोरोना भाइरस संक्रमण र यसबाट बच्न राष्ट्रिय स्तरमै सचेतना अभिबृद्धि गर्नेछन् । यात्राको दौरान हरेक दिन बेलुका आफू पुगेको स्थानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेप्रति दीप प्रज्वलन गरि श्रद्धाञ्जली दिने ‘महाकाली–मेची’ यात्रामा निस्किएका साइकल यात्री शाहले बताए ।

यसअघि टूर दी ठाकुरद्वारा र नेपालगन्जदेखि चाँदनीदोधारासम्म साईकल यात्रा गरिसकेका शाहको यो अभियान गत वर्षको हो । समय र परिस्थिती अनुकुल नभएपछि गत वर्ष उनले यो यात्रा स्थगित गरेका थिए ।

२०७८ श्रावण १६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।