प्रहरी चौकी खडैचामा ईन्चार्ज डाँगी आएपछि शान्ति सुरक्षा कायम

|

डुडुवा (बाँके) / बाँकेको डुडुवा गाउँपालिका वडा नं.१ बेतहनीमा रहेको प्रहरी चौकी खडैचामा ईन्चार्ज खिम बहादुर डाँगी आए पछि अहिले सो ठाउँका स्थानीय बासिन्दाहरुले शान्ति सुरक्षाको महसुश गरेका छन् । सो प्रहरी चौकीमा खिम बहादुर डाँगीले यही असार २ गते चौकी ईन्चार्जको पद सम्हालेका थिए । ईन्चार्ज भएर कमाण्ड सम्हालेको १ महिना भईसकेको र स्थानीय नागरिकसँग पनि घुलमिल भई स्थानीय नागरिकहरुको पीरमर्का बुझी मुस्कान सहितको सेवा दिईरहेको ईन्चार्ज डाँगी बताउँनुहुन्छ ।

दैनिक ४/५ वटा घरेलु समस्या लिएर चौकी आउने गरेको र समस्या समाधान गरि पठाउने गरेको ईन्चार्ज डाँगीले बताउनुभयो । सो चौकी धेरै पुरानो र जिर्ण भएको प्रहरी चौकीलाई गाउँपालिकासँगको सहकार्यमा केही मर्मत गरि ब्यवस्थित बनाइएको बताउनुहुन्छ ईन्चार्ज डाँगी ।

सो प्रहरी चौकी खडैचाले डुडुवा गाउँपालिकाको वडा नं.१ मा अवस्थित खडैचा, पिप्रहवा, नयाँबस्ती र टेपरी र डुडुवापारी रहेको गाउँहरु रामपुर पाजा, कृषि चौफेरी र बोर्डर चौफेरी र राप्तीपारि रहेको कुडुवा गाउँको शान्ति सुरक्षा हेर्ने गरेको छ । अहिले सो क्षेत्रमा राती र दिनमा सुरक्षा गस्ती बढाएपछि तस्करी चोरी कम भएको स्थानीय बताउँछन् ।

 

२०७८ श्रावण ६, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।