बाघको आक्रमणबाट बर्दियामा फेरि एक जनाको मृत्यु

|

बर्दिया । बाघको आक्रमणबाट बर्दियामा फेरि एक जनाको मृत्यु भएको छ । शनिबार भैसी चराउन सामुदायिक वनमा गएका ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।                                                                              भैंसी चराउन गएका थापा अबेरसम्म घर नफर्किएपछि निकुञ्जको टोलीले खोजी सुरु गरेको थियो । खोजी कै क्रममा उनको शव कालीगौडी बफरजोन सामुदायिक वनमा आइतबार विहान भेटिएको हो ।                                                        टाउको र शरिरको भाग छुट्टिएको, शरीरका केही अंग बाघले खाइसकेको अवस्थतामा भेटिएको निकुञ्जको टोलीले जनाएको हो ।

२०७८ श्रावण ३, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।