वाईसीएल बाँकेका संयोजक आकाश कार्कीको आमाको विभत्स हत्या

|

बाँके । सत्तारुढ नेकपा माओवादी केन्द्र निकट वाईसीएल बाँकेका संयोजक आकाश कार्कीको बृद्ध आमाको विभत्स तरिकाले हत्या भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराती ८२ वर्षीया साउनी कार्कीको हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कार्की सुति रहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त घटनाको इलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला प्रहरी कार्यालय बाँके र प्रदेश प्रहरी कार्यालय दाङको अनुसन्धान टोलिले अनुसन्धान शुरु गरेको जनाईएको छ ।

घाराको ह्याण्डलले टाउकोमा प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानले जनाएको हो । पोष्टमाटमका लागि कार्कीको शबलाई भेरी अस्पतालमा पठाइएको छ ।

२०७८ श्रावण ३, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।