कोरा २०२१ सम्पन्न

|

नेढपालगन्ज । नेपालगन्ज बाइसाइकल क्लबको आयोजनामा शनिबार कोरा २०२१ सम्पन्न भएको छ ।

साइकल यात्रामार्फत् बाँकेका विभिन्न धार्मिक स्थलको परिक्रमा गर्ने उदेश्यले कार्यत्रम आयोजना गरिएको कोरा संयोजक लवराज श्रेष्ठले जानकारी दिए ।

बाँकेमा नेपालगन्जको बागेश्वरी मन्दिरबाट सुरु भएको कोरामा करिब एक सय जना साइकल यात्रीहरु सहभागी भएका कोरा संयोजक श्रेष्ठले जानकारी दिए । उनीहरुलाई नेपालगन्ज बाइसाइकल क्लबले संयोजन गरेको थियो । आफूले आफैलाई दिइने चुनौति पूरा गर्नु कोराको सन्तुष्टिको रुपमा लिइन्छ ।
बिहान ६ बजेदेखि नेपालगन्जको बागेश्वरी मन्दिरको पार्कबाट सुरु भएको कोरामा सहभागीहरु आफुले तय गरेको रुटमा बढीमा १५ जना सहभागी थिए

२०७८ श्रावण २, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।