सक्रिय युवा क्लबद्धारा बर्दियामा बृहत सरसफाई

|

बर्दिया / बर्दियाको ठाकुरबाबा नगरपालिका भुरिगाउँ बजारमा बृहत रुपमा सरसफाई कार्यक्रम गरिएको छ । सक्रिय युवा क्लव बर्दियाको आयोजनामा भुरिगाउँ बजारमा बृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको हो ।

सरसफाई कार्यक्रममा नगरका युवाहरु, नेपाली सेना, नेपाल प्रहरी, स्थानिय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, नागरिक समाज, स्थानियवासी लगायत दुई सय बढि जनाको सहभागितामा भुरिगाउँ बजारभरि सरसफाई गरिएको छ ।

क्लबले बर्दियाका युवाहरुलाई एकजुट गराउने र युवाहरुको सवालमा कार्यक्रम गर्दै जाने उद्देश्यका साथ क्लब गठन गरि सामाजिक कार्य र स्वास्थ्य सम्बन्धि कार्यक्रम गर्ने क्लबका सदस्य विबेक चौधरीले बताउनुभयो । क्लबले आउँदो शुक्रवार बर्दियाको ठाकुरद्धारा बजार सरसफाई गर्ने कार्यक्रम तय भएको क्लबले जनाएको छ ।

२०७८ असार १९, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।