•   
    २०७७ साउन २७, मङ्लबार
  •   Tuesday 11th of August 2020
  •   

महिलाअधिकारकर्मी बिन्दु कुँवरको निधन

२६ जेष्ठ २०७७, सोमबार मा प्रकाशित संबाददाता

काठमाडौं / बिगत लामो समय देखि महिला तथा बालबालिकाको अधिकारको लागि लडिरहने राष्ट्र सेवक कर्मचारी बिन्दु कुँवरको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित कुँवरको आइतबार राती साढे १ बजे काठमाडौंमा निधन भएको कुँवरकी सहकर्मी घटना शाहले आफ्नो फेसबुक मार्फत समबेदना प्रकट गरेका छन् ।

बाँकेमा महिला तथा बालबालिका कार्यालय बाँकेमा कार्यरत रहेकी कुँवर महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत रहेकी थिइन् । उनको उपचारमा बाँकेमा समिति नै गठन गरेर रकम संकलन गरिएको थियो । नेपालगंजका बालअधिकारकर्मी अन्जना चतुर्बेदी, साहिल अन्सारी, श्वेता गुरुङ, पुजा बर्माले बिन्दु कुँवरको निधनले सार्है दुखि बनाएको बताएका छन ।

प्रतिक्रिया