पछिल्लो २४ घन्टामा २४० जनामा कोरोना संक्रमण पुष्टी

|

काठमाडौं । पछिल्लो २४ घन्टामा २४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संख्यासहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित बुलेटिनमा उल्लेख गरिएको छ ।

यसैगरी कोरोना भाइरस संक्रमणका कारण शनिबार पनि ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आजको संख्यासहित कोरोनाबाट नेपालमा मृत्यु हुनेको १९ सय ५४ जना भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यतिबेला कोरोना संक्रमणका संक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ । यस्तै मुलुकका विभिन्न जिल्लामा अहिले पनि २३१ जना क्वारेन्टाइनमा रहनु भएको छ ।

२०७७ माघ ३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।