न्यायालयविरुद्ध भ्रम सिर्जना नगर्न सर्वोच्चले त्यसको खण्डन

|

काठमाडौं । सर्वोच्च अदालतले न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनास्थामा प्रतिकूल प्रभाव पर्ने गरी केही अनलाइन सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेकोप्रति खेद प्रकट गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सर्वोच्च अदालतका केही न्यायाधीशले भेट गरेको समाचार केही अनलाइन मिडियामा आएपछि सर्वोच्चले त्यसको खण्डन गरेको हो।

अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने मनसाय राखेर सत्य, तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार सामग्री प्रकाशन गर्ने कार्यबाट न्यायपालिकाप्रतिको विश्वनीयता र सम्पूर्ण प्रेसप्रतिको विश्सनीयतामा आँच आउन सक्ने औँल्याइएको छ।

त्यस्ता सामग्रीबाट पत्रकार आचारसंहिता र कानुन प्रतिकूल हुने हुँदा कानुनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदै अदालतले सम्प्रेषित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गरेको छ।

२०७७ माघ ३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।