आर्थिक बर्ष २०२१ को डिभी लोटरीको नतिजा सार्वजनिक

|

आर्थिक बर्ष २०२१ को डिभी लोटरीको नतिजा सार्वजनिक

आर्थिक बर्ष २०२१ को डिभी लोटरीको नतिजा सार्वजनिक भएको छ ।
गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेकाहरुले आर्थिक बर्ष सन् २०२१ का लागि भरेको डिभी लोटरीको नतिजा २०२१ को सेप्टेम्बरसम्म चेक गर्न सक्नेछन्
विजेताहरुले सन् २०२० को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न थाल्नेछन् भने सन् २०२१ को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ । अमेरिकी सरकारले आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेशन नम्बर सन् २०२१ को सेप्टेम्बरसम्म आफूसँग राख्नलाई सुझाव दिएको छ ।

डिभी लोटरी परे नपरेको थाहा पाउने लिंक:-

https://dvprogram.state.gov/

डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर कन्फर्मेशन नम्बर हालेर स्टाटस चेक गर्ने हो ।
चालु आर्थिक बर्षका लागि डिभी पारेकाहरुदे आगामी सेप्टेम्बरसम्म भिसा प्राप्त गरिसक्नु पर्नेछ । अन्यथा यो बर्ष परेको डिभी लोटरी अर्को बर्ष प्रयोग गर्न पाइने छैन ।

२०७७ जेष्ठ २५, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि हामीसँग तपाईं फेसबुक / ट्विटरमायुट्युव मा पनि जोडिन सक्नुहुनेछ .