सरकारले सार्वजनिक गर्यो ‘नागरिक एप’

|

काठमाडौं । नेपाल सरकारले नागरिकहरुलाई प्रवाह गर्ने सेवाहरु सहज र सुलभ बनाउनका लागि मोबाइल एप आज सार्वजनिक गरेको छ । डिजिटल सेवा उपलब्ध रहेका सरकारको सबै सार्वजनिक सेवाहरु अब नागरिक एपमा उपलब्ध हुने भएका छन् । एपको शुभारम्भ गर्दै सञ्चार तथा सूचना, प्रविधिमन्त्री पार्वत गुरुङले अब सरकारी कामको लागि लाइन बस्न नपर्ने बताएका छन् । उनले अब सरकारी सेवाहरु अनलाइनबाट लिन सकिने र बिदाको दिन पनि अनलाईनबाट आफना कार्यहरु घरमै बसेर गर्न सकिने बताउनुभयो ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘सरकारी निकायहरुले प्रयोगमा ल्याएका एप्सहरुलाई एकीकृत गरी सरकारी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री तथा सरकारी कामकारवाहीको अनुगमन, गुनासो सुनुवाई तथा सम्बोधन हुने व्यवस्था मिलाइनेछ’ भन्ने उल्लेख छ ।

सूचना र सञ्चावर प्रविधि क्षेत्रमा भईरहेको तिव्र प्रविधिको उपयोग गरी ज्ञान तथा सूचनामा आधारित समाज तर्फ रुपान्तर गर्न नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कको परिकल्पना गरे बमोजिम नागरिक मैत्री सेवा प्रवाह गर्न यो एप तयार पारिएको बताइएको छ ।

२०७७ माघ २, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।