अनुसन्धान विभागका सहायक सूचक प्रविन थापा मृत भेटिए

|

बाँके / राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचकको हत्या भएको छ । प्रहरीले प्रविन थापा मगर कारकाँदो पूर्व खेतमा मृत फेला परेको जानकारी दिएको छ ।

बाँके प्रहरी प्रवक्ता, डिएसपी सुवास खड्काले मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत प्रविन थापा मगर रहेको जानकारी दिएका छन् । उनले मृत फेला परेका मगरको टाउकोमा धारिलो हतियारको चोट रहेको बताएका छन् ।

‘शव पोष्टमार्टमका लागि अस्पताल लगेका छौं’, डिएसपी खड्काले भने, ‘घटनाबारे अनुसन्धान सुरु गरेका छौं ।’ खेतमा शव रहेको जानकारी प्रहरीले आज शुक्रबार विहान मात्रै पाएको बताएको छ ।

२०७७ माघ २, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।