कक्षा ११ र १२ मा अब नयाँ पाठ्यक्रम लागु हुने

|

काठमाडौं / कक्षा ११ र १२ मा अब नयाँ पाठ्यक्रम लागु हुने भएको छ । यसअघि सर्वोच्च अदालतमा कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै दायर भएको रिट अदालतले खारेज गरेको छ ।

सरकारले २०७६ सालको फागुनमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयमाथि सर्वोच्चमा रिट परेको थियो । रिटमाथि प्रारम्भिक सुनुवाइ गरेर नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै सर्वोच्चले पटक–पटक सुनुवाइ सार्दै आएको थियो ।

नयाँ पाठ्यक्रमविरुद्ध भागवत अर्यालसमेतले गएको असोज २८ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । अब भने सर्वोच्चले रिटनै खारेज गरिदिएपछि नयाँ पाठ्यक्रम लागू हुने भएको हो ।

२०७७ पुष २८, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।