तामाङ समाज उत्तर अमेरिकाले ग्लोबल शिक्षा कोषको निर्माण गर्दै

|

अमेरिका / तामाङ समाज उत्तर अमेरिका (Tamang Society Of North America TSNa Inc.) को बार्षिक उत्सवको पावन अवशरमा शुभकामना आदन प्रदान सहित शुरु भएको बैठक जनवरी भरी एक आपसमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम गर्ने निर्णय गर्दै विशेष निर्णयहरु गरिएको छ ।

यस संस्था तामाङ समाज उत्तर अमेरिका (Tamang Society Of North America TSNa Inc.) को विधिवत स्थापना जनवरी १० मा भएको हुदा संस्था स्थापना दिवसको पावन अवशरमा यस संस्थालाई यहा सम्म ल्याई पुर्याउन सहयोग गर्नु हुने सम्पुर्ण महानुभाव लगायत विश्वभरका समस्त महानुभावहरुमा विज्ञप्ति मार्फत संस्थाले हार्दिक शुभकामना व्यक्त गरेको छ । साथै कार्यसमितिको मिति जनवरी १०, २०२१ आईतबार जुम मार्फत अध्यक्ष लक्यान लामाको अध्यक्षतामा बसेको पुर्ण बैठकले संंस्था स्थापना दिवसको शुभकामना आदन प्रदान गर्ने निर्णय लगायत विश्वभरका संगठनलाई जोड्ने ग्लोबल शिक्षा कोषको परिकल्पना समेत गरेको छ ।

यसै सन्दर्भमा महाधिवेशनको मिति र तयारी समितिहरुको विषयमा सल्लाहकार समिति र सदस्य संंस्थाका अध्यक्षहरुको बीचमा वृहत बैठक द्वारा निर्णय गरिने गरि महत्वपूर्ण निर्णय गरिएको जानकारी आम समुदायको बीचमा यसै विज्ञप्ति मार्फत संंस्थाका महासचिव डोल्मा लामाले जानकारी गराउनुभयो ।

२०७७ पुष २८, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि हामीसँग तपाईं फेसबुक / ट्विटरमायुट्युव मा पनि जोडिन सक्नुहुनेछ .