खजुरामा कृषि सडकको प्रदेशका मुख्यमन्त्रि पोखरेलद्धारा उद्घाटन

|

खजुरा / बाँकेको खजुरामा कृषि सडकको लुम्बिनी प्रदेशका मुख्यमन्त्रि शकर पोखरेलले उद्घाटन गरेका छन । सोमबार सडक पुर्वाधार विकास कार्यालयले आयोजना गरेको कृषि सडक उद्घाटन गर्दे मुख्यमन्त्रि पोखरेलले खजुरामा भएको विकासको काम प्रति आफु अत्यन्त प्रभावित भएको बताउनुभयो । उहाँले खजुराको धनौली चौकी देखि नेपालगन्ज गौघाट वर्दिया हुलाकी सडक जोड्ने कृषि सडकले बाँके र बर्दियाका किसानको उत्पादनलाई बजारसम्म पुगाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

मुख्यमन्त्रि पोखरेलले उद्घाटन गरेको उक्त सडकमा हालको लागी माटो पटान, ग्रावेल, नाली तथा कल्भर्ट निर्माणको काम सम्पन्न भएको छ । मुख्यमन्त्रि पोखरेलले खजुराको विकासको गति प्रशसनिय रहेको बताउनुभयो । खजुरा गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने उक्त सडक ८ मिटर चौडाई सहितको ५.१ किलोमिटर रहेको छ । सडक ४ करोड ९ लाखको लागतमा सम्पन्न भएको निर्माण कम्पनी खड्का कृष्ण कन्ट्रक्सन कोहलपुरले जनाएको छ ।

खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिको अध्यक्षतामा भएको सडक उद्घाटन समारोहमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्रि आरति पौेडलले गाउँ गाउँमा निर्माण गरिएका यस्ता कृषि सडकका कारण किसानलाई व्यवसायिक रुपमा कृषि कर्म गर्न सहज बनाएको बताउनुभयो । मन्त्रि पौेडेलले किसानका लागी लुम्बिनी प्रदेश सरकारले धेरै कार्यक्रमहरु ल्याएको बताउदै त्यसको लाभ लिन आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशका भौतिक पुर्बाधार विकास मन्त्री बैजानाथ चौधरीले बाँकेको खजुरा र जानकी गाउँपालिकाका साना ठुला बाटोका योजनाहरुमा प्रदेश सरकारले विशेष ध्यान दिएको बताउदै छिट्टै भौतिक पुर्वाधारका कामहरु तिव्र गतिमा अघि बढ्ने उल्लेख गर्नुभयो ।

कृषि सडक उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सांसदहरु, बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वागं, प्रहरी प्रमुख एसपी ओम बहादुर राना, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, पत्रकार तथा स्थानिय बासिन्दाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

२०७७ पुष २७, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।