६२ जना यात्रु बोकेको बिमान समुन्द्रमा खस्यो

|

इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडान भरेको केही समयमै सम्पर्कविहीन भएको विमान समुन्द्रमा खसेको आशंका गरिएको छ । श्रीविजया एयरको बोइङ ७३७ जाकार्ताबाट वेष्ट कलिमनतन प्राप्तको आकासमा पुग्दा सम्पर्कविहीन भएको थियो । २६ वर्ष पुरानो यो विमानमा ६२ जना सवार थिए । ५६ यात्रु थिए, जसमध्ये ३ शिशु र ७ बालबालिका छन् ।

दुई पाइलट र चार चालक दलका सदस्य थिए । फ्लाइट राडर २४ का अनुसार विमान एक मिनेटभन्दा कम समयमा १० हजार फिट तल झरेको थियो । यो विमान समुन्द्रमा खसेको आशंका गरिएको छ । समुन्द्रमा केही शंकास्पद अवशेषहरु पनि भेटिएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार उनीहरुले ठूलो आवाज सुनेका थिए ।

सोलिहिन नाम गरेका एक व्यक्ति, जो माछा मार्ने काम गर्थे,ले बीबीसी इण्डानेसिया सर्भिसलाई बताएका छन् कि उनले विमान दुर्घटना भइरहेको देखेका थिए । लगतै आफ्नो क्याप्टेनका साथ समुन्द्रमा गए । उनले भनेका छन्, ‘विमान विजुली झै समुन्द्रमा खस्यो र पानीमा विस्फोट भयो ।’ विमानका केही अवशेष पनि भेटिएको छ ।

२०७७ पुष २६, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि हामीसँग तपाईं फेसबुक / ट्विटरमायुट्युव मा पनि जोडिन सक्नुहुनेछ .