राष्ट्रिय सभाको अधिवेशन अन्त्य

|

काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन मात्र चार वटा बैठक बसेर आइतबार मध्यरातबाट अन्त्य भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले थारु आयोगको वार्षिक प्रतिवेदन र विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेस भएसँगै अधिवेशन अन्त्य भएको हो ।

अधिवेशन अन्त्य हुनुअघि बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा ओलीले प्रतिनिधि सभा विघटनको औचित्य वैधानिकताका विषयमा चर्चा गरेका थिए ।

पुस १७ गतेदेखि सुरु भएको अधिवेशन १० दिनमा आज सकिएको हो । यसअवधिमा ४ वटा बैठक बसेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बताए । यो अवधिमा ७ वटा अध्यादेश तथा विधेयक आएको पनि बताए ।

२०७७ पुष २६, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।