पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना पुष्टि

|

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ४२६ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ६१ हजार १९ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ४८ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७४८ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ५३ हजार १०७ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार २२५ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १९ लाख ३७ हजार ७०२ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा ३६७ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ६ हजार ४८ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८६४ पुगेको छ ।

२०७७ पुष १७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।