रोमानियामा रुखमा झुन्डिएको अवस्थामा एक नेपाली युवक मृत फेला

|

रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेल” ले दिनुभएको जानकारी अनुसार मिति ३ जुन २०२० का दिन बिहान रोमानियाको बुखारेस्ट शहरको आई .ओ.आर (IOR) नामक एक पार्कमा रोमानियन पुलिसले रुखमा झुण्डिएको अवस्थामा एक नेपाली शव फेला परेको छ। ४ जुन २०२० का दिन बिहान National Institute of Legal Medicine मा गएर उनको पार्थिक शरीरलाई सनाखतको लागी उनकै कोठामा गत १८ महिना देखि बसी आएका साथी हर्कराज राई र अन्य केही नेपालीहरुको उपस्थितिमा सनागत गरेको जानकारी प्राप्त भएको छ ।

मृतक शरीर सिन्धुपाल्चोक जिल्ला घर भई हाल रोमानियाको एक रेष्टुरेन्टमा कार्यरत २५ बर्षिय नेपाली नागरिक टासी गोम्बु लामा भएको पुष्टि भएको छ। छिटै नेपाल फर्काउने संभावना नभएको कारणले उनको पार्थिक शरीरलाई अझैपनि अस्पतालमा राखिएको छ। उक्त घटनाको बारे मृतकका परिवारलाई पनि जानकारी गराईएको छ। पार्थिव शरीर लाई नेपाल फर्काउने बारेमा आवश्यक प्रक्रियाबारे सम्बन्धित निकायहरुमा सम्पर्क भैरहेको जानकारी प्राप्त भएको छ ।

२०७७ जेष्ठ २३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।