नेपालभित्र नेपालीलाई नै प्रयोग गरेर नेपालकै विरुद्ध भारतिय आक्रमण शुरु

|

– दामोदर अर्याल

इतिहासमा पहिलो चोटी भारतका विरुध्द नेपालले आँखा जुधाएर आमुन्ने सामुन्ने उभिएको हो । यो चानचुने कुरा होइन । भारतका लागि पनि यो एउटा अप्रत्यासित घटना थियो । नेपालको राजनैतिक परिवर्तन र राज्य सन्चालनमा माइक्रोमेनेजमेन्टको भूमिका खोज्ने भारतले पहिलो चोटी एउटा सार्वभौभ नेपालको अनुभव गर्यो । सन्र्दभ नक्शाकै हो । नेपालले आफनो भूमि औपचारिकरुपले नै दावी गर्ला भनेर भारतले सोचेकै थिएन । भनिन्छ, नेपालमा नियमित तलब खाने करिव २२ हजार भारतिय एजेण्टहरु छन । उनिहरु राजनैतिक नेता, कर्मचारी, पत्रकार र बुद्धिजिविको भेषमा क्रियाशिल छन । भारतिय हितविपरित नेपालमा कुनै क्रियाकलाप हुन थाल्यो भने आवश्यकता अनुसार क्रियाशिल भैहाल्छन । नेपालभित्र एजेण्टहरुको यस्तो नेटवर्क स्थापना गरेको भारतले नयाँ नक्शाको परिकल्पना नै गरेको थिएन ।

तर नक्शाको घोषणा भैछाड्यो र संसदवाट पनि पारितहुने निश्चितप्राय छ । यसविचमा भारतिय मिडीयाहरुको छटपटी प्रष्टै देखिएपनि कुटनैतिक व्यक्तिहरु र स्वयम भारत सरकार भने हतप्रभ भएको वुझिन्छ । उनिहरु वार्ताको कुरा गरिरहेका छन । वार्ता कुटनैतिक शब्द हो । समस्या समाधान वार्तावाट हुदैन । यो तथ्य नेपाललाई भन्दा भारतलाई वेशी थाहा छ । उनिहरुसंग प्रमाण छैन । प्रमाणको थुप्रो बोकेर नेपाल बसेको छ । यस्तो अवस्थामा वार्ता गुर्न भनेको भारतिय फौज नेपाली भूमिवाट हटनु नै हो । औपचारिक वक्तव्यमा जेसकै भनेपनि भारत वार्ताप्रति इच्छुक छैन र हुदैन ।

त्यसोभए भारतले के गर्छ ? यक्ष प्रश्नचाँही यहि हो । उत्तर पनि सजिलै छ, उस्ले नेपालभित्र रहेका आप्ना तलवी २२ हजारको फौज क्रियाशिल बनाउनेछ । यसका लक्षणहरु संसदका केहि सदस्यहरुमा, केहि मिडियाहरुमा, केहि बुद्धिजिवीहरुमा र केहि सामाजिक अभियन्ताहरुमा देखापर्न थालीसकेको छ । उनिहरु सिधै लिम्पियाधुराको कुरा गर्दैनन् । उनिहरु कोरोनामा देखिनेछन, क्वारेन्टाइनहरुमा भेटिनेछन । त्यसवाहेक गाडिमा, गलैचामा, उपचारका सामाग्रीमा, लकडाउनमा, राहत वितरणमा,राज्यको कर असुलीमा, प्रकट हुन्छन । जे जे फेला पर्नेछ, त्यहि बोकेर नेपाली राज्यव्यवस्था र सरकारका विरुद्ध प्रहार गर्नेछन । उद्धेश्य र मिसन एउटै हुनेछ, त्यो हो नेपाली समाजलाई अस्थिर बनाउने, राष्ट्रिय एकता कायम हुन नदिने र सिमाना विवादवाट नेपाली जनताको ध्यान अन्यत्रै मोडने ।

नेपालभित्र नेपालीलार्ई नै प्रयोग गरेर नेपालकै विरुद्ध भारतिय आक्रमण शुरु भैसक्यो । प्रत्यक्ष सैनिक लडाई भन्दा यो धेरै खतरनाक हुन्छ । यसको गोली छातिमा लाग्दैन । टाउकोमा घाउ नबनाइ मष्तिस्कमा सिधै चोट लाग्छ । त्यस्ता घाइतेहरु सामाजिक सन्जालहरुमा छ्याप्छ्याप्ती देख्न पाइन्छ । जनताले सामान खरिद गरेवापतको भ्याट रकम व्यापारीहरुले उठाउछन र त्यो रकम सरकारलाई बुझाउछन । व्यापारीवाट त्यो रकम सरकारले फिर्ता माग्दा लकडाउनको वेलामा सरकारले जनतासंग कर माग्यो भनेर हल्ला मच्चाइन्छ । जनताले बुझाइसक्यो, सरकारले पाएको छैन । विचमा व्यापारीले राखेको छ । यति सरल करा नबुझ्ने केहि मिडियाकर्मी र केहि बद्धिजिवीहरु २२ हजारभित्रकै हुन । राष्ट्रपति कार्यालय नेपाल सरकार र जनताको सम्पत्ति हो । त्यहाँ भएको सवै चिज राष्ट्रिय सम्पत्ति भित्रै पर्दछ । नेपाल सरकारले त्यसको संरक्षण र सजावट गर्दछ । जसका सन्र्दभमा व्यक्तिगतढंगले राष्ट्रपतिलाई थाहा नै हुदैन । यस्तो तथ्यमा पनि राष्ट्रपतिको मानमर्दनगर्न २२ हजार फौज निरन्तर लागिरहेको छ ।

लकडाउन खोल ! भन्छ । विदेशवाट विना तयारी मान्छे फिर्ता गर ! भन्छ । विदेशवाट आएका मान्छेमा संक्रमण देखियो भने सरकारले के गर्यो ? भनेर कुर्लन्छ । विद्यार्थीको पढाई विग्रीयो भन्छ, स्कल खोल्नु हदैन पनि उहि भन्छ । नेपाली भूमिसहितको नक्शा भारतलाई नसोधि किन सार्वजनिक गरिस ! भन्छ । कोहि चाँहि खोई नक्सा ? भन्छ, कोहि नक्सा बनाएरमात्र हन्छ ? जग्गा खोई ? भन्छ । त्यो फौज जे पायो त्यहि टिपेर नेपाललाई आक्रमण गर्दैछ । अझै थुप्रै कुराहरु हुन बाँकी नै छ । केहि नेपाली टिभि र केहि मिडियाहरुमा विभिन्न अनुहारका नँया बुद्धिजिवीहरु देखिनेछन । संसदिय व्यवस्था खर्चिलो भयो भन्नेछन । जनप्रतिनिधिमूलक शासन व्यवस्थाभन्दा राजतन्त्र वा शैनिक शासन राम्र्रो भएको तर्क सुन्नु पर्नेछ । मान्छे मरिरहेका छन, नेपाली युवाहरु खाडीमा काम गरिरहेका छन, तर मन्त्रीहरु गाडि चढिरहेका छन भनेर जनता भड्काइनेछ । सरकारी कर्मचारीहरु कुर्चिमा बसेर कामगर्ने ! आम कृषकहरु घाममा सुकेर खेतिगर्न पर्ने ! यो कस्तो अन्याय हो ? भन्न पछि पर्ने छैनन ।

आम जनता एकसरो कपडा लगाउन गार्हो छ तर सांसदहरु कोट लगाएर हिडने ? भनेर माइतिघर मण्डला तताइनेछ । अस्पताल र क्वारेन्टाइनहरुमा भ्रष्टाचार भएको कथा बुनिनेछ ।धर्मको,जातको र भेगिय कुरा राम्रोसंग उठन बाँकी नै छ । नेपालीहरुको जातै पिच्छे उदगम थलोको विश्लेषण हनेछ । उदगम थलो अनुसार संसदमा प्रतिनिधित्व मागिनेछ । हुने, नहुने, तर्क, कुतर्क कुनै बाकी रहने छैन, तर उद्धेश्य एउटै हुनेछ, कालापानी देखि लिम्पियाधुराको भूभागको दावीवाट नेपालीलाई पछाडि हटाउने । एकाथरीहरु दंग नपरे हुन्छ, १७ हजारको कुरा वाइस हजारेहरुले दोश्रो चरणमा अवश्य उठाउनेछन । तसर्थ भारतसंग यो लडाई जित्ने हो भने नेपाली अनुहारका भारतिय एजेन्टसंग पहिलो लडाई लडनै पर्दछ । उनिहरुको कुत्सित मनशायलाई पराजित नगरिकन भारतसंगको वार्ताको पनि कुनै अर्थ हुनेछैन । माइतिघरमण्डलातिर कालापानी हाम्रो हो !!! केपि वली मुर्दावाद !!! को नारा नेपाली मनले लगाउनै सक्दैन । यो सवै बाइस हजारेकै खेल हो । संघिय लोकतान्त्रिक गणतन्त्र, नेपाल राज्य र सरकारको विरुद्धमा नारावाजी गर्नुभनेको भारतविरुद्धको यो शितयद्धमा नेपाललाई पराजितगर्ने भारतिय षणयन्त्र हो भन्न हिच्कीच्याउनै पर्दैन । त्यसकारण आउनोस ! हाम्रै भूमिमा हाम्रा मान्छेहरुलाई उचालेर नेपालका विरुद्ध षणयन्त्रगर्ने भारतिय संस्थापनलाई पराजित गरौ ।

२०७७ जेष्ठ २३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि हामीसँग तपाईं फेसबुक / ट्विटरमायुट्युव मा पनि जोडिन सक्नुहुनेछ .