गौतमबुद्ध कप क्रिकेटको उपाधि राप्ती टिमले जित्न सफल

|

चितवन।  गौतमबुद्ध कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि राप्ती टिमले जितेको छ । आज भएको फाइनल खेलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले पहिलो संस्करणको उपाधि आफ्नो हातमा पारेको हो ।

भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको मैदानमा १ सय ४४ रनको लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रनमा समेटियो ।

उसका आरिफ शेखले सर्वाधिक ४८ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको नारायणीले २० ओभरमा १ सय ४३ रन बनाएको थियो ।उत्कृष्ट सुरुवात गरेको राप्तीको लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रनको आक्रामक पाली खेले । तीन टिम सहभागी प्रतियोगिता बागमती प्रदेश क्रिकेट संघले आयोजना गरेको थियो ।

२०७७ मंसिर ३०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।