नायिका स्वेता खड्का आज बैबाहिक जीवनमा बाँधिदै

|

नायिका स्वेता खड्का आज बैबाहिक जीवनमा बाँधिदैछिन् । धनगढीका विजयेन्द्र सिंह राउत र स्वेताले काठमाण्डौको गोकर्ण रिसोर्टमा आज बिबाह गर्न लागेका हुन् ।

नायिका खड्काले बिहेको एक दिन अगाडि सामाजिक संजालमा स्टाटस कोर्दै आफ्नो मनको भावना व्यक्त गरेकी थिइन् ।

स्वेताले सामाजिक संजालमा लेखेकी छिन्–‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म।

नायिका खड्काको मेहेन्दी सेरेमोनी आयोजना गरिएको थियो । मेहेन्दी सेरेमोनीमा नायिका स्वेता खड्का निक्कै प्रसन्न मुद्रामा देखिएकी थिइन् ।

विजयेन्द्रको तस्वीर यसअगाडि सार्वजनिक भएको थिएन तर मेहेन्दी सेरेमोनीपछि विजयेन्द्र र स्वेताको तस्वीर सार्वजनिक गरिएको हो ।

२०७७ मंसिर २२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि हामीसँग तपाईं फेसबुक / ट्विटरमायुट्युव मा पनि जोडिन सक्नुहुनेछ .