कोरोनाबाट बाँकेमा वडा सदस्यको मृत्यु

|

बाँके ।  नेपालगन्ज उपमहानगरपालिका २ घरबारी टोलकी ६७ वर्षिय महिलाको उपचारका क्रममा ज्यान गएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । मृतक महिला नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्य रहेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालको कोरोना विशेष वार्डमा भर्ना गरिएकी ती महिलाको आज बिहान १०ः३० बजे मुत्यु भएको हो ।

उपचारको क्रममा उनको रोगको प्रकृति अनुसार एन्टिबायोटिक, अक्सिजन लगायत सबै प्रकारको आवश्यक सपोर्टिभ उपचार गरिएको र उपचारकै क्रममा सोमबार बिहान १०ः३० बजे उनको मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

योसँगै बाँकेमा उपचारका क्रममा पछिल्लो ३ दिनमा मात्रै ८ जना संक्रमितको ज्यान गएको छ । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन बाँके आएर मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

२०७७ कार्तिक १७, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।