मौन छु म आज

|

तिमी र मेरो
थियो केवल कुरा एउटा
कस्तो जात हाम्रो
कहिने नानाथरी
कहिले बोक्सी त कहिले देउता।

न त बास मन्दिर मा
न त बास छ घरमा
छौपडी मा बाच्न बाध्य छौ
रहेन भर अब कसैको यो सहरमा ।

अस्मिता लुटिए
कहिले बाबुबाट त कहिले भाइ
कहिले काकाबाट त कहिले दाइ
भोग र सम्भोग मा रुम्मलिएका छन दुनियाँ सारा
आफ्नै बाट लुटिन्छौ यहाँ लिनु कस्को सहारा।

सम्झिदै,बुझाउदै मन लाई प्रत्येक प्रयास
सहारा खोज्छु तिम्रो केवल अनायास
सिद्धान्त ,सद्भाव र सिम्बोल
यहाँ हुने रैछ केबल योनिको
पराया र आफन्त मिलि
दुर्गति भो,कस्तो यो अन्होनी हो
८४ योनि पार गरि
धारण गरेको यो शरीर आज
चरीत्र र चर्तीकला देखि
मौन छु म आज
लज्जित छु समाजमा
डर लाग्छ कहन केही मलाई साथी
स्त्री भनी किन दुव्र्यवहार हामी माथी
निर्ध्हक भै निस्कन लाग्द्छ डर
कतै बलात्कृत पो हुन्छु कि
आफ्नो रक्षा आफैं गरौ
नहुने रैछ यहाँ कसैको भर

  • देब आशिष भट्टराई
    भद्रपुर

२०७७ कार्तिक ७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।