लुम्बिनी प्रदेशका मुख्यमन्त्री देखि जनप्रतिनिधिले पर्व खर्च नलिने

|

बुटवल । लुम्बिनी प्रदेश सरकारले जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ । प्रदेश सरकारले प्रदेशअन्तर्गत र स्थानीय तहका कुनै पनि जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ ।

प्रदेश सरकार, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज प्रेस नोट जारी गरी जनप्रतिनिधि र चाडपर्व खर्चका बारेमा चर्चा हुन थालेपछि उक्त कुराको स्पष्ट पारेका हुन् । उनले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यका साथै स्थानीय तहका जनप्रतिनिधिले अहिलेसम्म कुनै प्रकारको चाडपर्व खर्च (दशैंँखर्च) नलिएको स्पष्ट पारेका छन् ।

२०७७ कार्तिक २, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि हामीसँग तपाईं फेसबुक / ट्विटरमायुट्युव मा पनि जोडिन सक्नुहुनेछ .