सांसद प्रदीप यादवद्वारा निर्माण सम्पन्न ढलान सडक तथा नालाको समुद्घाटन

|

दिपु बर्नवाल,बीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ३० को परसोतीपुरमा निर्माण सम्पन्न ढलान सड़क तथा नालाको सांसद प्रदिप यादवले समुद्घाटन गरेका छन । स्थानीय पूर्वाधार विकास कार्यक्रम संसदीय निर्वाचन क्षेत्र न.१ पर्साको बिकास कोष तथा विरगंज महानगरपालिकाको साझेदारीमा ४० लाखको लागतमा निर्माण सम्पन्न सड़क तथा नालाको आज एक कार्यक्रम का विच सांसद यादवले समुदघाटन गरेका हुन ।

समुद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै सांसद यादवले पञ्चायत काल देखी अहिले सम्म यो सड़कमा ढलान बाटो नबनेको बताउदै आफुले यस क्षेत्रको विकासको लागी जनताको जनचाहना अनुरुप विकास कार्यहरू अगाडी बढाएको बताउनु भयो ।

अगामी दिनहरूमा पनि यस वडाको विकासको लागी नया योजनाहरू बनाएर बिकास कार्यलाई निरन्तरता दिईने बताए । कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी लगाएत स्थानीय नेता तथा कार्यकर्ता हरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

२०७७ आश्विन २२, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि हामीसँग तपाईं फेसबुक / ट्विटरमायुट्युव मा पनि जोडिन सक्नुहुनेछ .