कटुवा पेस्तोल र ५ राउण्ड गोली सहित २ जना पक्राउ

|

नेपालगन्ज / कटुवा पेस्तोल सहित जिल्ला प्रहरी कार्यालय बाँकेले बुधवार दुई जनालाई पक्राउ गरेको छ । बाँके नरैनापुर गाउँपालिका ५ सर्बराजपुरुवा स्थित हुलाकी सडकखण्डमा हातहतियारको ओसारपसार भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेको मातहत रहेको ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी निरिक्षक बसन्त गौतम समेतको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दुई जनाको साथबाट पेस्तोल र गोली बरामद गरिएको हो ।

जिल्ला बाँके नेपालगंज उपमहानरपालिका वडा नं. २० मनिकापुरका ६२ बर्षिय सलिम नाँउ र नेपालगन्ज वडा नं. १९ बसुदेवपुर बस्ने ३३ बर्षिय ईब्राहिम बेहना लगायतसंग संकास्पद प्लाष्टिक बोरा भुईमा फालेकाले उक्त बोरा प्रहरी टोलीले खोली हेर्दा सो भित्र रहेको कटुवा पेस्तोल २ र सलिम नाँउले लगाएको स्टकोटको वाँया खल्तीमा रहेको कटुवा पेस्तोलमा लाग्ने गोली ५ राउण्ड फेला पारी निजहरुलाई नियन्त्रणमा लिई अणुसन्धान भईरहेको बुधवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ । प्रहरीले मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १३२ बमोजिमको ५ बर्ष सम्म कैद र ५० हजार रुपैया सम्म जरिवाना हुन सक्ने जनाएको छ ।

२०७७ आश्विन २१, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।