पछिल्लो २४ घण्टामा थप २१२० जनामा कोरोना संक्रमण

|

काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर थप २१२० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न अस्पतालका ल्याबहरुमा गरिएको १२ हजार ९०८ पीसीआर परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। योसँगै ८४ हजार ५७० कुल संक्रमित पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल देशभर २१ हजार ३०२ जना सक्रिय संक्रमित रहेका छन्। कोभिड संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ। योसँगै कोभिड संक्रमणका कारण ५२८ जनाको ज्यान गइसकेको छ।

शुक्रवार २७२२ जनामा कोभिड-१९ पुष्टि भएको थियो भने ११ को मृत्यु भएको थियो।

२०७७ आश्विन १७, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि हामीसँग तपाईं फेसबुक / ट्विटरमायुट्युव मा पनि जोडिन सक्नुहुनेछ .