राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत ४ कर्मचारीको जिम्मेवारी हेरफेर

|
काठमाडौं / राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत ४ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । भदौ ३१ गतेको निर्णयानुसार जिम्मेवारी हेरफेर गरिएको हो । आपूर्ति तथा भण्डार शाखाका प्रमुख वज्र केसीलाई विद्यालय खेलकुद विकास विभागको प्रमुखको रुपमा जिम्मेवारी दिइएको छ । सुजन खतिवडाले आपूर्ति तथा भण्डार शाखा प्रमुखको जिम्मेवारी पाउनु भएको छ । ललितपुर जिल्ला खेलकुद विकास समितिको प्रमुखको रुपमा लामो समय सम्म जिम्मेवारी समाल्नु भएका खतिवाडा केहि महिना अघिमात्र आपूर्ति तथा भण्डार शाखामा सरुवा भएर आउनु भएको थिए ।
संघ संस्था समन्वय शाखाको प्रमुखको जिम्मेवारी इन्द्रबहादुर काकीले पाउनु भएको छ । कार्की १३ औं दक्षिण एसियाली खेलकुद तयारी सचिववलयमा हुनु हुन्थ्यो । वहाँसग पनि कर्मचारी प्रशासन शाखाको प्रमुखको जिम्मेवारी निभाई सकेको अनुभव छ । शाखा प्रमुख ज्ञानेन्द्र श्रेष्ठले गत भदौमा अनिवार्य अवकाश लिए पछि संघ संस्था समन्वय शाखा प्रमुखको पद रिक्त थियो । सामान्य प्रशासन शाखाको प्रमुखको जिम्मेवारी शारदा दाहालले पाउनु भएको छ । वहाँसँग पनि काठमाण्डौं जिल्ला खेलकुद विकास समितिको प्रमुखको जिम्मेवारी निर्वाह गरेको अनुभव छ । केसी २०४५ साल तथा बाँकी तीनै जना प्रमुखहरु २०५३ सालमा परिषद् सेवामा प्रवेर्श भएको थियो ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार पत्र हस्तान्तरण गर्दै पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो । सो अवसरमा प्रशासन विभागका विभागिय प्रमुख कुलवहादुर थापालगायतको उपस्थिति रहेको थियो ।

२०७७ आश्विन १, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।