कोरोनाको त्रास, घरमा गर्न सकिने व्यवस्थापन बारे प्रशिक्षण

|

बाँके / लियो जिल्ला परिषद् अन्तर्गत रहेका ५ वटा एरिया हरुमध्ये एक एरिया एक क्लब गरेर ५ वटा क्लब हरुको संयुक्त आयोजनामा Guidance On Home Isolation & Quarantine Preparation  In Relation to covid-19 नामक कार्यक्रम सम्पन्न भएको छ । लियो क्लब अफ काठमाण्डौ फुलबारी, लियो क्लब अफ हेटौडा मुक्तिनाथ मल्टीभिजन , लियो क्लब अफ चितवन ग्रिन, लियो क्लब अफ बुटवल मैमुकुण्ड युथ र लियो क्लब अफ नेपालगन्ज ईनोभेटिभको संवन्यमा ,जुम एप्समा आयोजित कार्यक्रममा डाक्टर शंसाक कुमार सिहंले सहजिकरण गर्नुभएको थियोे ।

लियो जिल्ला परिषद ३२५ बि २ का अध्यक्ष लियो कुबेर पाठक ज्युको प्रमुख आतिथ्यता जिल्ला उपाध्यक्ष अनिश लामिछाने , लियो बि १ का जिल्ला उपाध्यक्ष प्रकाश थापा र लाइन्स जोन २७ का प्रमुख लायन बिकेशलाल श्रेष्ठको बिशिस्ट आतिथ्यता लगायत जिल्ला परिषद्का सचिव लियो सुशील महतो ,कोषाध्यक्ष लियो राजन श्रेष्ठ साथै सम्पुर्ण जिल्ला पदाधिकारीहरुको आथित्यता रहेको थियो ।

कार्यक्रममा लियो क्लब अफ चितवन ग्रिनका अध्यक्ष लियो बिकास मिश्राको अध्यक्षता ,लियो क्लब अफ नेपालगन्ज ईनोभेटिभका अध्यक्ष लियो प्रकाश कुवरको स्वागत मन्तव्य , लियो क्लब अफ काठमाण्डौ फुलबारीका अध्यक्ष पुजा बिष्टको अध्यक्ष मन्तव्य र लियो क्लब अफ बुटवल मैमुकुण्ड युथका अध्यक्ष लियो केशव पराजुली ज्युको धन्यवाद मन्तव्य ब्यक्तका साथको कार्यक्रम सन्चालन लियो क्लब अफ हेटौडा मुक्तिनाथ मल्टीभिजनका अध्यक्ष लियो शिखा भट्टराईले गर्नुभएको थियो। कार्यक्रम लगभग ९० जनाको हाराहारिमा सहभागिता थियो । यस कार्यक्रममा अहिलेको समयमा कोरोनाको त्रास, घरमा गर्न सकिने व्यवस्थापन, हामिले गर्नुपर्ने उपयोगी तरिकाहरु र गर्न नहुने कुराहरुका बारेमा डाक्टर सिहले प्रशिक्षण गर्नु भएको थियो ।

२०७७ भाद्र १९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।