वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

|

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

२०७७ भाद्र १९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि हामीसँग तपाईं फेसबुक / ट्विटरमायुट्युव मा पनि जोडिन सक्नुहुनेछ .